काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणामअनुसार ३ हजार ५ सय ३२ मत ल्याएर साहले अग्रता कायम राखेका हुन् ।

नेकपा एमालेको तर्फबाट मेयरका प्रत्याशी केशव स्थापितले १ हजार ८ सय ५६ मत प्राप्त गर्दै साहलाई पछ्याइरहेका छन् ।
त्यस्तै गठबन्धनबाट मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार ६ सय ६८ मत प्राप्त गरेका छन् ।
यस्तै, काठमाडौंको उपमेयरमा एमालेका उम्मेदवार सुनिता डंगोलले ३ हजार ३ सय १७ मत प्राप्त गरेका छन् भने उनलाई गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९ सय ६२ मत प्राप्त गरेका छन् ।











