Logo
Logo

संखुवासभाको सभापोखरीमा कांग्रेस विजयी


1.6k
Shares

काठमाडौं । संखुवासभाको सभापोखरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका अध्यक्षका उम्मेदवार भीमबहादुर लिम्बू ३ हजार ७ मतसहित विजयी भएका हुन् ।

अध्यक्ष निर्वाचित लिम्बूसँग एमालेका रत्नबहादुर सुब्बा पराजित भए । सुब्बा २ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा भने नेकपा एकीकृत समाजवादीका लक्ष्मी चापागाई विजयी भएका छन् । उनले २ हजार ४ सय ३९ मत प्राप्त गरे भने प्रतिस्पर्धी एमालेका उम्मेदवार सबिता बरालले २ हजार ३ सय ७६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्