काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकमा उनले सोबारे जानकारी गराएका हुन् ।

महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उनले स्पष्ट पारे ।
उनले प्रधानमन्त्रीको बालेन शाहको संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन धेरै दृष्टिकोणबाट ऐतिहासिक बनेको दाबी गरे । प्रधानमन्त्रीको उक्त सम्बोधनमा जलवायु न्यायसहित नेपालको राष्ट्रिय हितका मूलभूत पक्षहरू उजागर भएको उनको भनाइ रहेको छ ।
मन्त्री खनालले जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई गरेको प्रधानमन्त्रीको सम्बोधनले विश्वको ध्यान खिच्न सफल भएको बताए ।
परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि सदनलाई जानकारी गराएका हुन् ।













