Logo
Logo

शेरधन राईको गृहपालिकामा माओवादीको सानदार जित


67.9k
Shares

भोजपुर । नेकपा एमालेका स्थायी समिति सदस्य एवं प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहपालिका भोजपुरको आमचोकमा कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्षमा माओवादीका अशोक राई विजयी भएका हुन् । कांग्रेस–एमाले गठबन्धनबाट उम्मेदवार भएका एमालेका वसन्त राई पराजित भए ।

गाउँपालिकाको उपाध्यक्षमा माओवादीकै सीता राई निर्वाचित भएका छन् । उनले कांग्रे–एमाले गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस छिरिङ शेर्पालाई पराजित गरे ।

गाउँपालिका १० वडामध्ये ६ वडामा नेकपा माओवादी केन्द्र विजयी भएको छ भने कांग्रेस–एमाले गठबन्धनबाट २ वडामा कांग्रेस र २ वडामा एमाले उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको वडा सदस्यसम्म कांग्रेस र एमालेले तालमेल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्