कास्की । पोखरा महानगरपालिकामा गठबन्धनले फराकिलो अग्रता लिएको छ । पछिल्लो सार्वजनिक मत परिणामअनुसार गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आर्चायले २३७८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णा थापाले २१८८ मत प्राप्त गरेका छन् ।

यस्तै, महानगरको उपमेयरमा गठबन्धनकै नेपाली कांग्रेसका कोपिला रानाभाटले २४३९ मत पाएका छन् भने उनका प्रतिस्पर्धी एमालेका मञ्जु गुरुङले २३८५ मत ल्याएका छन् ।











