
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बुलिङटार गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
एमालेका उम्मेदवार दिपेन्द्र सुनारी ४०५९ मतसहित विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका शशिकिरण वस्ताकोटी ३९०० मतसहित पराजित भए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसका दिलमाया राना विजयी भए भने प्रतिस्पर्धी एमालेका भूमिका खण्डलुक पराजित भए ।











