Logo
Logo

रफ्तारमा बालेन, कछुवा तालमा केशव र सिर्जना


4.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र मेयरका उम्मेदवार बालेन साहले फराकिलो अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार बालेनले आफ्नो प्रतिस्पर्धीभन्दा झण्डै दोब्बर मतले अग्रता लिएका हुन् ।

बालेनले ४४०४ ल्याउँदा उनलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले २३०३ मत ल्याएका छन् । यो मत बालेनको भन्दा २१०० मत कमी हो ।

यस्तै, गठबन्धनबाट मेयरका उम्मेदवार रहेका नेपाली कांग्रेसका सिर्जना सिंहले २०७० मत प्राप्त गरेका छन् ।
उपमेयरतर्फ एमालेका उम्मेदवार सुनिता डंगोलले लोकप्रिय मत पाइरहेका छन् । उनले यो समाचार तयार पारिरहँदासम्म ३५९१ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १०२७ मत पाएका छन् भने राप्रपाबाट उपमेयरको उम्मेदवार रहेका विनिता मगैयाले ७६२ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्