
काठमाडौं । बाग्लुङको गल्कोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत शर्मा विजयी भएका छन् ।
सत्तारुढ गठबन्धनका उम्मेदवार शर्माले ५ हजार ४१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका पूर्णबहादुर काउचा घर्तीले ३ हजार ५१९ मत रस्वतन्त्र उम्मेदवार मन्जु शर्माले ३ हजार २६२ मत पाएका छन् ।
उपमेयरमा माओवादी केन्द्रका फमलाल निउरे ६ हजार ३९ मत ल्याएर विजयी भएका छन् । एमालेकी रुपा विकले २०५७ र स्वतन्त्र तिलबहादुर उप्रेती केसीले १ हजार ९८९ मत पाएका छन् ।











