
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो तेह्रथुमको आठराई गाउँपालिकामा एमालेको लालकिल्ला भत्किएको छ ।
एमालेको लालकिल्ला तोड्दै कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका हुन् । सोमबार बिहान सम्पन्न मतगणनाअनुसार गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका दिलकुमार पाहिम ६ सय ८४ मतान्तरसहित विजयी भएका छन् ।
उपाध्यक्षमा माओवादी केन्द्रका बलिराज इङ्नाम १० मतान्तरले विजयी भए । पाहिमले ४ हजार ६ सय ९२ र ईङनामले ४ हजार ८० मत प्राप्त गरे ।
अध्यक्ष र उपाध्यक्षका निकटतम प्रदिद्धन्द्धी एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ र रूपादेवि कन्दङवाले ४ हजार ७० प्राप्त गरेका छन् ।











