
काठमाडौं । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ को अध्यक्षमा नेपाली कांग्रेसका खगेन्द्र थत्लुङ विजयी भएका छन् ।
यो नेकपा एमालेका सचिव योगेश भट्टराईको गृह वडा हो । निर्वाचनअघि भट्टराई आफै खटिएर गृह वडा जिताउन खटिएका थिए ।
सोबमार बिहान सम्पन्न मतगणनाअनुसार गठबन्धनका तर्फबाट उम्मेदवार बनेका कांग्रेसका खगेन्द्र थत्लुङले ४ सय ७० मत प्राप्त गर्दै एमालेको लालकिल्ला तोडेका हुन् ।
उनका प्रतिस्पर्धी एमालेका ख्याम भट्टराईले ४ सय मत प्राप्त गरे ।











