
खोटाङ । खोटाङको केपीलासगढी गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार विजयी भएका छन् ।
नेकपा एकीकृत समाजवादीका उम्मेदवार माइतीराज राई र नेकपा एमालेका उम्मेद्वार कृष्णकुमार राईलाई पराजित गर्दे गाउँपालिका अध्यक्षमा कांग्रेसका समिर राई विजयी भएका हुन् । पराजित कृष्ण कुमार राई निर्वतमान अध्यक्ष हुन् भने निर्वाचित समिर राई अघिल्लो निर्वाचनमा पराजित भएका थिए ।
गाउँपालिका अध्यक्षमा निर्वाचित समिरले २२४४ मत पाए भने माइतीराजले १८०८ मत र एमालेका कृष्णकुमार राईले १७४४ मत पाए । उपाध्यक्षमा जनता समाजवादीका उम्मेदवार गुरुराज राई विजयी भएका हुन् ।
नेकपा माओवादी, एकीकृत समाजवादीको समर्थनमा जनता समाजवादीका राईले १९८३ मत ल्याएर विजयी भए । एमालेकी उम्मेदवार मैया सुनुवारले १७६१ मत र काग्रेसकी राधा पुरीले १७४५मत पाएको छ ।
कुन वडामा को विजय ?
२ नम्बर वडाध्यक्ष मिलन राई (नेकपा एस)
३ नम्बर वडाध्यक्ष तुलाराम राई (नेकपा एस)
४ नम्बर वडाध्यक्ष खड्ग तामाङ (नेकपा माओवादी)
५ नम्बर वडाध्यक्ष हिमालभक्त राई (नेकपा माओवादी)
६ नम्बर वडाध्यक्ष गोपाल राई (नेपाली कांग्रेस)
७ नम्बर वडाध्यक्ष तेज राई (जसपा)














