Logo
Logo

काठमाडौंमा कांग्रेसले खाता खोल्यो, दक्षिणकालीमा विजयी


2.1k
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर र उपमेयरमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ ।

मेयरका उम्मेदवार मोहन बस्नेत ७ हजार २ सय १ मत प्राप्त गर्दै विजयी भएका हुन् । नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत पाए ।

उपमेयरमा कांग्रेसकै वसन्ती डङ्गोल तामाङ ७ हजार ६ सय २३ मत प्राप्त गरिन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका इन्दिरा न्यौपानेले ४ हजार ८ सय ३० मत पाएकी छन् ।

९ वडा रहेको नगरपालिकाको ६ वटा वडामा कांग्रेसले जीत हासिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्