
काठमाडौं । भक्तपुर नगरपालिकाको मेयरमा पुःन नेमकिपाका सुनील प्रजापति निर्वाचित भएका छन् ।
यहाँ निर्वाचन भएका सबै पदमा नेमकिपाका उम्मेदवार विजयी भएका हुन् । मेयरमा निर्वाचित प्रजापतिले २९ हजार २ सय मत पाएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार ३ सय ५२ मत पाएका छन् ।
उपमेयरमा पनि नेमकिपाकै रजनी जोशी २९ हजार ६९५ मतसहित विजयी बनिन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी रञ्जना खर्बुजाले २ हजार ७ सय ८४ मत पाइन् ।














