Logo
Logo

वीरगन्जमा जसपा दोब्बरभन्दा बढी मतान्तरले अगाडि


11.6k
Shares

काठमाडौं । वीरगन्ज महानपालिकामा गठबन्धनको उम्मेदवारले दोब्बरभन्दा बढी मतले अग्रता लिएको छ ।

गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीलाई ३२५४ मतान्तरले पछाडि पारेको हो ।

पछिल्लो मतपरिणाम अनुसार जसपाका सिंहले ५८२७ मत प्राप्त गरेका छन् भने एमालेका सरावगीले २५७३ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रि प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार गिरीश गिरीले १९० मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ कांंग्रेसका इम्तियाज आलमले ३७२६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोतमलाल झाले ६३३ मत प्राप्त गरेका छन् ।

त्यस्तै राप्रपाका बिना जैसबालले ३०५ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ४३७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्