Logo
Logo

शिक्षामन्त्रीले राजीनामा नदिए ककरोच जनता पार्टीले आन्दोलन देशव्यापी बनाउने


252
Shares

काठमाडौं । नयाँ दिल्लीको जन्तर–मन्तरमा धर्ना दिइरहेको ककरोच जनता पार्टीले सरकारसँग हुने तेस्रो चरणको वार्ताअघि केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा दिनु पर्ने बताएको छ ।

ककरोच जनता पार्टीका प्रवक्ता आशुतोष रांकाले सामाजिक सञ्जाल ‘एक्स’मा सरकारको तर्फबाट शिक्षामन्त्रीको राजीनामा आउँदैन भन्ने जवाफ आए वार्ताअगाडि बढाउनुको अर्थ नरहने बताएका छन् ।

सञ्चारकर्मीसँग उनले सरकारसँग हुने वार्तामा क्षतिपूर्ति तथा आन्दोलनसँग सम्बन्धित कानुनी कारबाहीका विषयमा लिखित सहमति हुने अपेक्षा रहेको बताए ।

उनले आन्दोलनको मुख्य माग केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामाबारे पनि सरकारबाट स्पष्ट जवाफ आउने आशा व्यक्त गरे ।

उनले चेतावनी दिँदै भने, “यदि, धर्मेन्द्र प्रधानले राजीनामा दिनुभएन भने आन्दोलनलाई अझ सशक्त र तीव्र बनाइनेछ । आवश्यक परे देशभर नयाँ आन्दोलनको आह्वान गरिनेछ ।”

ककरोच जनता पार्टी र सरकारबीच शनिबार तेस्रो चरणको वार्ता हुने तय भएको छ । यसअघि भएका दुई चरणका वार्तामा केही मागहरूमा दुवै पक्षबीच सहमति बनेको जानकारी सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्