काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले २२६ मतको फराकिलो अग्रता लिएका हुन् ।
१९७८८ गणना गर्दा रेनुले ६६७८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ६४५२ मत पाएका छन् ।
उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ८१२० मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ५३९६ मत पाएका छन् ।














