काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सविरुद्ध १४६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा आएको पोखराले सुदूरपश्चिमविरुद्ध निर्धारित २० ओभरमा सात विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको हो















