Logo
Logo

चितवनको माडी नगरपालिकाकाे मेयरमा एमाले विजयी


1.3k
Shares

चितवन । चितवनको माडी नगरपालिकाकाे मेयरमा नेकपा एमालेका ताराकुमारी काजी महतो विजयी भएको छ । यहाँ एमाले र राप्रापाबीच चुनावी तालमेल भएको थियो ।

एमाले–राप्रपा गठबन्धनबाट मेयरको उम्मेदवार महतोले कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार ऋषि काफ्लेलाई २ हजा १७२ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । महतोले ९ हजार ९०१ मत ल्याउँदा काफ्लेले ७ हजार ७२९ मत ल्याए । माडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र पनि हो ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसका खेम महतो निर्वाचित भएका छन् । उनले ६ हजार ८३० मत ल्याए भए एमालेसँगको तालमेलमा उपमेयरका उम्मेदवार मदन पौडेलले ५ हजार ४० मत मात्रै ल्याए । स्वतन्त्र उम्मेवार बनेका कृष्ण पौडेलले उपमेयरमा ३ हजार ८६ मत ल्याए । उनी कांग्रेसबाट राजीनामा दिएर स्वतन्त्र भई उम्मेदवार बनेका हुन् ।

एमालेबाट निर्वाचित बनेकी ताराकुमारी काजी महतो यसअघिको स्थानीय तहको निर्वाचमा उपमेयरमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्