रामेछाप । रामेछापको रामेछाप नगरपालिकामा मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा लबश्री न्यौपाने र उपमेयरमा बाला कार्की निर्वाचित भएका छन् ।

न्यौपाने ६ हजार ६ सय ३९ मतका साथ विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार रोशन पाख्रीनलाई ६ सय ५३ मतले पराजित गर्दै विजयी भएका हुन् ।
यस्तै उपप्रमुखमा कांग्रेसकी बाला कार्की ६ हजार ६ सय ४० मतका साथ विजयी भएकी हुन् । कार्कीले एमालेकी सीता केसीलाई १ हजार २ सय ९३ मततले पराजित गर्दै रामेछाप नगरपालिकाकी उपप्रमुख निर्वाचित भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।














