स्याङ्जा । स्याङजाको पुतलीबजार नगरपालिकामा गठधबन्धनका तर्फबाट नेपाली कांग्रेसका मेयर–उपमेयर उम्मेदवार विजयी भएका छन् ।
कांग्रेसका तुलसीराम रेग्मीले एमालेका सीमा क्षेत्रीलाई २ हजार ४ सय ४ मतान्तरले हराएका छन् । रेग्मीले १२ हजार ४ सय ९४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी क्षेत्रीले १० हजार ९० मत पाए ।

यस्तै, उपमेयरमा कांग्रेसकै देवी अर्याल निर्वाचित भएका छन् । अर्यालले एमालेका महेश पुरीलाई ९ सय ४७ मत पराजित गरेका हुन् । अर्यालले ११ हजार ७ सय ४८ मत ल्याउँदा पुरीले १० हजार ७ सय ६१ मत पाइन् । २०७४ को स्थानीय निर्वाचनमा यहाँ प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो ।














