संखुवासभा । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा नेपाली कांग्र्रेसका उम्मेदवार विजयी भएका छन् ।

चिचिला गाउँपालिका अध्यक्षमा पासाङ नुर्व शेर्पा भोटे एक हजार ८६१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत पाए ।
चिचिलामा एमाले तेस्रो भएको छ । नेकपा एमालेका रामबहादुर गुरुङले ९०१ मत पाए । माओवादीका राईलाई ९५२ मत अन्तरले हराउँदै अध्यक्षमा शेर्पा दोस्रो पटक निर्वाचित भए ।
उपाध्यक्षमा कांग्रेसकै मनकला राई विजयी भएका छन् । उपाध्यक्ष राईले एक हजार ८५४ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विष्णुकुमारी राईले ९३४ मत पाए । यसअघि चिचिला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसले जितेको थियो ।














