Logo
Logo

भरतपुरमा अग्रता बढाउँदै रेनु, विजय ७ सय बढी मतले पछि


29.7k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेनुले ७०२ मतको फराकिलो अग्रता लिएका हुन् ।

२३ हजार ८५ गणना गर्दा रेनुले ८ हजार ४२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनका विजय सुवेदीले ७ हजार ३३८ मत पाएका छन् ।

उपमेयरतर्फ पनि गठबन्धनले फराकिलो अग्रता कायम गरेको छ । गठबन्धनको उम्मेदवार चित्रसेन अधिकारीले ९ हजार ६९७ मत पाएका छन् उनका प्रतिद्वन्द्वी एमाले–राप्रपा गठबन्धनमा हिमला गुरुङले ६ हजार ३४ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्