
हैटौडा । मकवानपुरको हेटौडा उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार मीनाले १० हजार ४१० मत प्राप्त गर्दै अग्रता लिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार दिपकबहादुर सिंहले ९ हजार ९२२ मत प्राप्त गरेका छन् ।
उपमेयरमा पनि गठबन्धनले नै अग्रता लिएको छ । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उपमेयर उम्मेदवार राजेश बानियाँले १५ हजार ४५५ मतसहित अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका सुमित्रा काफ्लेले १० हजार ५८१ मत प्राप्त गरेका छन् ।














