
काठमाडौं । ललितपुरको बाग्मती गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका बीरबहादुर लोप्चन र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी निर्वाचित भएका छन् ।
लोप्चनले नेकपा एमालेका नवराज सन्जेललाई पराजित गरेका हुन् । उनले ४ हजार ९ सय ९ मत पाए । सन्जेलले ४ हजार ५३ मत पाए ।
दर्लामी ४ हजार ६ सय ९२ मत ल्याएर उपाध्यक्ष निर्वाचित भए । उनका प्रतिद्वन्दी एमालेका नमुना दोङले ३ हजार ७ सय मत पाइन् ।











