
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका अध्यक्षमा एमालेकी पार्वती सुनुवार विजयी भएकी छन् ।
गठबन्धनबाट कांग्रेसका नृप भुजेललाई ४५ मतले पराजित गर्दै सनुवार निर्वाचित भएकी हुन् । सुनुवारले ४ हजार ६२ मत पाउँदा भुजेलले ४ हजार १७ मत ल्याए ।
उपाध्यक्षमा पनि एमालेकै राजु बराल फराकिलो अन्तरमा विजयी भएका छन् । बरालले ४ हजार २ सय ५६ र गठबन्धनबाट माओवादी केन्द्रका लोकेन्द्र कार्कीले ३ हजार ४ सय २६ मत प्राप्त गरे ।











