
रुपेन्द्र पटेल
रौतहट । रौतहटको बृन्दावन नगरपालिका–१ को वडाअध्यक्षमा नेकपा एकीकृत समाजवादीका रामनाथ सहनी विजयी भएका छन् ।
उनले पूर्वअध्यक्ष नेपाली कांग्रेसका सुबोध प्रसाद पटेललाई १ सय २२ मत अन्तरले पराजित गरेका छन् । सहनीले १ हजार ५५ मत र पटेलले ९ सय ३३ मत प्राप्त गरेका छन् ।
सो वडामा एकीकृत समाजवादीका सबै उम्मेदवार विजयी भएका हुन् ।














