गोरखा । गोरखा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णबहादुर राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी भएका छन् । मेयरमा १ हजार आठ सय ५६ मतान्तरसहित राना विजयी बनेका हुन् ।

रानाले ८ हजार ९ सय ६४ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उमेदवार बनेका राजनराज पन्त ७ हजार १ सय ८ मत ल्याए । २०७४ को निर्वाचनमा गोरखा नगरपालिकामा कांग्रेसले मेयर र उपमेयर जितेको थियो ।
त्यस्तै उपमेयरमा विजेता बनेकी थोकरले ७ हजार ४ सय ५३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का नारायण खत्रीले ६ हजार ७ सय १८ मत ल्याए । गोरखा नगरपालिकामा माओवादी र जसपाबीच मेयर र उपमेयरमा चुनावी तालमेल भएको थियो ।














