मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार दिएका एकीकृत समाजवादीका उम्मेदवार मीना लामाले आफ्नो अग्रतालाई कायम राखका छन् ।

बुधबार साँझ ६ बजेसम्मको मतपरिणामअनुसार लामाले राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग ६३६ मतको अग्रता कायम राखेका हुन् । ४२ हजार १९० मतगणना हुँदा लामाले १३ हजार ६९८ मत प्राप्त गरेका छन् ।
सिंहले १३ हजार ६२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १२ हजार ६०१ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसले फराकिलो अग्रता कायम गरेको छ ।
उपमेयरमा कांग्रेसका राजेश बानियाँले २० हजार ६०६ मत प्राप्त गरेका छन् । उपमेयरमा एमालेकी सुमित्रा काफ्लेले १५ हजार २६० मत प्राप्त गरेका छन् ।
हेटौंडामा हालसम्म ७ वडाको मतगणना सकिएको छ । जसमध्ये ५ वटामा कांग्रेस र २ वटा एमालेले जित हात पारेको छ ।














