काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका दीपककुमार रिसाल निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उद्धव बिष्टलाई हराएका हुन् । रिसालले ९६९२ मत पाएका छन् भने बिष्टले ८५०४ मत ल्याए ।
उपमेयरमा एमालेकी सान्नानी लामा निर्वाचित भएकी छन् । ८८०४ मत ल्याएकी लामाले कांग्रेसकी शान्ति नेपाललाई हराएकी हुन्। नेपालले ८६७१ मत पाइन् ।
२०७४ मा गोकर्णेश्वरमा कांग्रेसले मेयर र उपमेयर दुबै जितेको थियो ।














