बाँके । बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएको छ । अध्यक्ष पदमा कांग्रेसका नरेन्द्रकुमार चौधरी र उपाध्यक्षमा साहिदा बानो निर्वाचित भएका हुन् ।
चौधरीले ६ हजार २७२ मत तथा बानोले ५ हजार ८८४ मत ल्याए । चौधरीका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका भण्डारीलाल यादवले पाँच हजार १२५ मत तथा बाँनोका निकटतम प्रतिद्वन्द्वी तरुणनुम बानोले चार हजार ७५४ मत प्राप्त गरे ।
यसैगरी खजुरा गाउँपालिकाको अण्ध्यक्षमा माओवादी केन्द्रका डम्बर विक र उपाध्यक्षमा कांग्रेसकी मञ्जु मल्ल विजयी भए ।














