Logo
Logo

तिलाठी कोइलाडीको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी


504
Shares

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेस उम्मेदवार अरुणकुमार मण्डल विजयी भएका छन् । उनले ५ हजार ४ सय ५७ मत ल्याई विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार सतिशकुमार सिंहलाई १ हजार ८ सय ८२ मतान्तरले पराजित गरेका हुन् । पराजित सतिशकुमार सिंहले ३ हजार ५ सय ७५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा कांग्रेसबाट फुलकुमारी साह निर्वाचित भइन् ।उनले ३ हजार ६ सय ८१ मत प्राप्त गरे । उनका निकटतम् प्रतद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीकी रेणु मण्डलले २९ सय ४ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्