
काठमाडौं । डोटीमा शनिबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था जटिल छ ।
अरु ७ जना सामान्य घाइते छन् ।
गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको इलाका प्रहरी कार्यालयका दीपायलका रुपसिंह थापाले जानकारी दिए । दुर्घटनमा बेपत्ता भएका बालकको खोजि भइरहेको उनले बताए ।
अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका हुन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ को रात्रिबस बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो ।
अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।














