काठमाडौं । काठमाडौं गोर्खाजविरुद्ध जितका लागि जनकपुर बोल्ट्सले ११६ रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको काठमाडौंले १९.३ ओभरमा सबै विकेट गुमाउँदै ११५ रन मात्र बनाएको हो ।

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रनको पारी खेले । राशिद खानले १७ रनको पारी खेले ।
काठमाडौंको इनिङ्स ध्वस्त पार्न राहुल यादव एक्लैले चार विकेट लिए । यस्तै, सैफ हसनले दुई तथा हरमीत सिंह, मोइन अली र ललित राजवंशीले एक–एक विकेट लिए ।















