Logo
Logo

ललितपुरमा चिरीबाबुको दोस्रो इनिङ


504
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन दोस्रो पटक निर्वाचित भएका छन् ।

मंगलबार राति सार्वजनिक अन्तिम मतपरिणमअनुसार उनले निकटतम प्रतिद्वन्द्वी एमालेका हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १ सय ६२ मतान्तरले पराजित गरे ।

महर्जनले ४२ हजार ७ सय २२ र व्यञ्जनकारले २४ हजार ५ सय ६० मात्रै पाए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि चिरिबाबु र ब्यञ्जनकारनै प्रतिस्पर्धी थिए ।
उपमेयरमा भने एमालेका मञ्जली शाक्य निर्वाचित भएका छन् । शाक्यले माओवादी केन्द्रका बाबुराज बज्रचार्यलाई पराजित गरिन् ।

शाक्यले २५ हजार ८४ मत प्राप्त गरिन् । बज्रचार्यले १८ हजार ७ सय ५२ पाए ।

प्रतिक्रिया दिनुहोस्