Logo
Logo

सुरक्षाको फेसबुक प्रोफाईलमा मेयर हर्कको फोटो


3k
Shares

काठमाडौं । धरान उपमहारनगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ (हर्कराज राई)को यतिबेला चर्चा ह्वातै बढेको छ । बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेसहितका गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार बनेर मेयरमा निर्वाचित बनेपछि उनको चर्चा झनै चुलिएको हो ।

मेयर हर्कको यतिबेला प्रशंसा गर्नेहरु सामाजिक सञ्जालदेखि मिडियामा छाएको छ । अहिले उनको फोटो चर्चित अभिनेत्री सुरक्षा पन्तलेसमेत आफ्नो भेरिफाइड फेसबुक एकाउन्टको फ्रोफाईलमा राखेकी छन् । फोटो राख्दै उनले लेखेकी छन्, ‘हामी भाग्यमानी छौँ, राजनीतिमा दुई फरक नेतृत्वलाई संगै देख्न पाउनु हाम्रो भाग्य हो ।’ उनले काठमाडौं महानगरपालिकाका नवनिवार्चित मेयर बालेन्द्र साह ‘बालेन’को पनि प्रशसा गरेकी छन् ।

अभिनेत्री पन्त पछिल्लो समय कान्स फिल्म फेस्टिभलमा गएर रेड कार्पेटमा हिड्ने पहिलो नेपाली कलाकार भएर चर्चामा छन् ।

प्रतिक्रिया दिनुहोस्