Logo
Logo

सत्ता पक्षले बुथ कब्जा गरे, प्रहरी निरीह बन्यो : ओली


8.8k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सत्ता पक्षबा निष्पक्ष हुन नसकेको बताएका छन् ।
बिहीबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर गरेको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले १४ दिनसम्ममा पनि मतपरिणाम आउन नसकेको बताउँदै भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँदलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरीह भएर बसेको छ ।’

उनले निर्वाचनका बेला आफ्ना उम्मेदवारलाई कुनामा राखेर मतदान गरिएको समेत आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्