Logo
Logo

नीति तथा कार्यक्रम ‘तेलमा तारेको जेरी’ जस्तै : ओली


630
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम ‘तेलमा तारेको जेरी’ जस्तो भएको टिप्पणी गरेका छन् ।

विहिबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा सुरु भएको छलफलमा भाग दिँदै ओलीले भने, ‘तेलमा मात्र तारेको चास्नीमा नडुबाएको जेरी जस्तो, खल्लो, गुजुल्टिएको, कुनै गन्तव्य नभएको कस्तो नीति हो ?’

उनले नीति तथा कार्यक्रमका बुँदा नम्बर ११०, १३१, १३२, १६१ यसका नमुनाहरू रहेको पनि बताए ।

नीति तथा कार्यक्रममा व्याकरणसमेत नमिलेको आरोप लगाउँदै ओलीले भने, ‘६५ पृष्ठमा १४५ वटा बुँदा राखेर ल्याइएको छ । यसमा रहेका भनाइका अर्थ र अन्तरवस्तुतर्फ ध्यान नदिई वर्णमालाका अक्षरहरूभित्र रहेर हेर्दा व्याकरणीय अशुद्धता, संगति नमिल्नु, अर्थ निस्किँदै ननिस्कने आधा वाक्यहरू छन् ।’

यस्तै ओलीले भोट पाउनका लागि मतदाताको हत्या गरिएको आरोप लगाए ।

अध्यक्ष ओलीले ‘ रुकुमा भोट पाउनका लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गर्ने, लगेर बनमा फाल्ने काम भयो ।’

यस्तै ओलीले हुम्लामा पनि एक मतदाताको हत्या गरिएको आरोप लगाए । ‘हुम्लामा मतदान भइसकेपछि मतगणनाको सन्दर्भमा राजनीतिक कार्यकर्ताहरु घरमा आएर बसेर खाना खाँदै गरेको बेला कार्यकर्ताको बाबु आँगनमा भएको बेला हमला गरियो र उनको हत्या गरियो’, अध्यक्ष ओलीले भने, ‘बचाउने प्रयासका बाब्जुद् बचाउन सकिएन । ताप्लेजुङमा हत्या गरियो । प्रहरीकै गोलीबाट उदयपुरमा हत्या गरियो । विभिन्न ठाउँमा घाइते भए अंगभंग भए मतदाताहरु ।’

प्रतिक्रिया दिनुहोस्