Logo
Logo

सरकारलाई ओलीको चुनौती- ‘वाइडबडी प्रकरण’मा कारवाही गरेर देखाउ



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘वाइडबडी प्रकरण’बारे अनुसन्धान गरेर कारवाही गर्न सरकारलाई चुनौती दिएका छन् ।

संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजबाट सुरु भएको छलफलमा भाग लिँदै ओलीले ‘वाइडबडी प्रकरण’बारे छानविन गरेर कारवाही गरेर देखाउन सरकारलाई चुनौती दिएका हुन् ।

ओलीले वाइडबडी मात्र नभएर बालुवाटार जग्गा प्रकरण र यति प्रकरणको पनि छानविन गरेर कारवाही गर्न चुनौती दिएका हुन् ।

वाइडबढी, बालुवाटार गज्जा प्रकरण र यति प्रकरणमा एमाले नेताहरुको संलग्नता रहेको आरोप लागिरहेको बेला ओलीले छानविन गरेर कारवाही गर्न सरकारलाई चुनौती दिएका हुन् ।

छलफलका क्रममा ओलीले भने– ‘वाइडबडी, बालुवाटार जग्गा र यति प्रकरणमा एमालेले भ्रष्टाचार गरेको आरोप लाग्ने गरेको छ । म यो संसदबाटै चुनौती दिन चाहन्छु– यी प्रकरणहरुमा छानविन गरेर कारवाही गर्न सरकारलाई चुनौती दिन्छु । सरकारले सक्छ भने कारवाही गरेर देखाओस ।’

ओलीले आफूमाथि भ्रष्टाचारको आरोप लाग्ने गरेको भन्दै प्रमाणित गर्न समेत चुनौती दिएका छन् । एक टेलिभिजन अन्तवार्ताको क्रममा पत्रकारले सोधेको प्रश्नप्रति चित्त दुखाउँदै ओलीले भने– ‘देशका लागि आफ्ना सम्पूर्ण सम्पति दान गर्ने मैले कहाँ भ्रष्टाचार गरे ? यदि, मैले भ्रष्टाचार गरेरेको कसैसँग प्रमाण भए यही संसदमा पेस गर्न चुनौती दिन्छु ।’

प्रतिक्रिया दिनुहोस्