
काठमाडौं । रुपन्देहीको भलवारीस्थित नेपाल आयल निगमको डिपो अगाडि राखिएको ट्यांकरमा आगलागी भएको छ ।
डिपोमा ट्रयांकरबाट तेल खन्याउने क्रममा अचानक आगलागी भएको प्रहरी नायव निरिक्षक लक्ष्मण डाँगीले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका र भलवारी आयल निगमको दमकलले आगलागी नियन्त्रणमा लिएका छन् ।











