Logo
Logo

रञ्जन कोइराला पक्राउ




काठमाडौं । श्रीमती हत्या मुद्दामा जन्मकैद सजाय तोकिएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् । प्रहरीले शुक्रबार उनलाई पक्राउ गरेको हो ।


बिहीबार मात्र सर्वाेच्चले उनलाई जन्मकैद फैसला सदर गरेको थियो । दुई वर्षअघि उनको साढे ११ वर्ष कैद सजाय घटाइएको थियो ।

कोइरालालाई काठमाडौंबाटै पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए । सर्वाेच्चको फैसलाअनुसार उनी अझै साढे ११ वर्ष जेल बस्नुपर्ने हुन्छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो ।


२०६८ सालमा उनले श्रीमती तारा ढकालको हत्या गरेर मकवानपुरको टिष्टुङ जंगलमा लगेर शव जलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्