काठमाडौं । सरकारले लोककल्याणकारी विज्ञापन अब अनलाइन मिडियालाई पनि दिने भएको छ ।
आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।
सरकारले यसअघि छापा र विद्युतीय माध्यम अन्तर्गत रेडियो र टेलिभिजनलाई मात्रै विज्ञापन उपलब्ध गराउँदै आएको थियो ।
त्यस्तै श्रमजिवी पत्रकारका लागि दुर्घटना बिमालाई पनि प्रभावकारी रुपमा कार्यान्वयनका लागि बजेटमा समावेश गरिएको छ ।














