Logo
Logo

यस वर्ष खेलकुदतर्फको बजेट बढ्यो


504
Shares

काठमाडौं । सरकारले युवा तथा खेलकुदतर्फको बजेट वृद्धि गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को बजेटमार्फत युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको हो ।

चालु आर्थिक वर्ष २०७८–०७९ का मा युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँ मात्र बजेट विनियोजन गरिएको थियो ।

खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनिक निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पुर्वाधार निर्माण र सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

जुम्लामा हाई अल्टिच्युट स्पोर्टस् एण्ड ट्रेनिङ सेन्टर सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ भने मूलपानी क्रिकेट मैदान आगामी आर्थिक वर्षमा सम्पन्न गर्न बजेटको व्यवस्था गरिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रात्रीकालिन खेल सञ्चालन गर्न स्तरोन्नती गर्नसमेत सरकारले बजेट विनियोजन गरेको छ ।

सरकारले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण पुरा गर्न बजेट छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्