Logo
Logo

बजेटले आर्थिक संकटलाई सम्बोधन गरेन : खगराज अधिकारी


441
Shares

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले आगामी आर्थिक वर्षको बजेटले आर्थिक संकट समाधानको विषयलाई सम्बोधन गर्न नसकेको प्रतिकृया दिएका छन् ।

आइतबार अर्थमन्त्रीम जनार्दन शर्माले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि संचारकर्मीलाई प्रतिकृया दिँदै नेता अधिकारीले बजेटले आर्थिक संकट समाधान गर्नेतर्फ कुनै संकेत नगरेको बताएका हुन् ।

उनले भने– ‘देश ठूलो आर्थिक संकटमा छ । तर, आर्थिक संकट समाधान गर्नेतर्फ बजेट केन्द्रित भएन । बजेटले आर्थिक संकटलाई सम्बोधन गर्न सकेन ।’

पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेको अधिकारीले स्वास्थ्य विमाबारे बजेटमा कुनै व्यवस्था नगरिएको समेत टिप्पणी गरेको छन् । आफ्नो पालमा सुरु भएको स्वास्थ्य विमा कार्यक्रमलाई नीजिकरण गरेर सरकारले वेवास्ता गरेको समेत आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्