Logo
Logo

त्रियुगामा भत्कियो एमालेको किल्ला, मेयरमा कांग्रेसका वसन्त निर्वाचित


26.4k
Shares

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

सोमबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रमुख पदमा कांग्रेसका वसन्तकुमार  बस्नेत निर्वाचित भएका हुन् । उनले १३ हजार ९५९ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ११ हजार ८७३ मत ल्याए ।

उपप्रमुखमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । उपप्रमुखमा एमालेकी महेश्वरी राई १३ हजार ७०३ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी सरिता राईले ११ हजार ९८१ मत ल्याइन् भने नेकपा माओवादी केन्द्रकी गिता खड्का (कार्की)ले ६ हजार ५६८ मत ल्याए ।

स्थानीय तहको निर्वाचनअन्तर्गत वैशाख ३० गते मतदानको दिन विवाद भएर १ जनाको मृत्यु भएपछि मतपेटिका उठाउनै ढिला भएको थियो । सर्वदलीय सहमति गरेर मतपेटिका उठाइ ढिला मतगणना सुरु भएको थियो ।

२०५३ सालमा नगरपालिका बनेको त्रियुगामा काँग्रेस पहिलोपटक निर्वाचित भएको हो । यसअघि त्रियुगामा नेकपा एमालेले जित्दै आएको थियो ।

२०७४ को निर्वाचनमा पनि उमेदवार बलदेव चौधरीसँग बस्नेत ७२ मतान्तरले पराजित भएका थिए । ०७४ मा उपमेयर जितेको काँग्रेसले यसपटक भने गुमाएको छ ।

प्रतिक्रिया दिनुहोस्