Logo
Logo

बजेटको भण्डाफोर गर्न ओलीको निर्देशन


4.3k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको २०७९/८० को बजेटको भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद भवनमा बसेको पार्टीको संसदीय दलको बैठकका ओलीले उक्त निर्देशन दिएका हुन् ।

उनले बजेट अनुचित र विना सिद्धान्त आएको भन्दै त्यसको भण्डफोर गरेर जनताको बीचमा लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिए । बैठकबारी जानकारी दिँदै पार्टीका प्रमुख सचेत विशाल भट्टराईले भने- ‘अध्यक्षले बजेट अनुचित ढंगले आएको, सिद्धान्तहिन र प्राथमिकताविहीन ढंगले आएकाले त्यसलाई भण्डाफोर गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिनु भएको छ ।’

बैठकले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको हावादारी रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा अध्यक्ष ओली, पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा युवराज खतिवडाले बजेटबारे सांसदहरुलाई प्रशिक्षण दिएका थिए ।

त्यसैगरी पार्टी निकट बौद्धिक व्यक्तित्वहरु राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। पुष्पराज कँडेल, योजना आयोगकै पूर्व सदस्य डा। दिनेशचन्द्र देवकोटाले पनि बजेटबारे आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्