Logo
Logo

फेसबुकबाट लभ, जन्मदिन मनाउन बोलाएर सामूहिक बलात्कार


6.6k
Shares

नेपालगन्ज । बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा सात जना पक्राउ परेका छन् ।
फेसबुक मार्फत चिनजान भएर प्रेमिका बनाएका किशोरीलाई बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउन बोलाएर साथीहरूसँग मिलेर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिकाकी १६ वर्षीय किशोरीलाई शनिबार राति थारुसहित ६ जनाले पालैपालो बलात्कार गरेका हुन् । अनुसार शनिबार राति छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए ।

किशोरीलाई सुरुमा मानखोलाको जंगलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

सामूहिक बलात्कारका क्रममा बेहोस भएकी किशोरीलाई मोटरसाईकलमा राखेर उनको घर लैजाँदै गरेको अवस्थामा नेपालगञ्ज–गुलरिया सडकखण्डको उढारापुरानमा प्रहरीलाई शंका लागेर सोधपुछ गर्दा घटना पत्ता लागेको हो ।

प्रवक्ता न्यौपानेले भने, ‘आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर र्पुयाउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता लाग्यो ।’

किशोरीको अवस्था अहिले ठिक भएको प्रहरीले जनाएको छ । ‘अचेत अवस्थामा रहेकी किशोरीको अवस्था अहिले ठिक भए पनि उनलाई संस्थाको संरक्षणमा राखिएको छ,’ डिएसपी न्यौपानेले भने ।

प्रहरीले अभियुक्तहरू हेमराज थारु, निराजन थारु, विक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारुलाई विभिन्न ठाउँबाट पक्राउ गरेको छ । उनीहरूलाई खजुरास्थित धनौली प्रहरी चौकीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्