Logo
Logo

भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण


567
Shares

नेपालगञ्ज । भारतबाट फर्केका तीन नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको पाइएको छ । भारतको रुपैडिहा हुँदै नेपालगञ्ज आएका उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजजङ्ग शाहले जानकारी दिए ।

‘केही दिनयता जमुनाहा नाका हुँदै भारतका विभिन्न स्थानबाट आउने नेपालीमा कोभिड सङ्क्रमण पुष्टि भइरहेको छ’, उनले भने । प्रमुख शाहका अनुसार आज दैलेख, प्यूठान र जाजरकोटका एक÷एक गरी तीनमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

उनले करिब दुई सातामा आठ जनामा कोरोना सङ्क्रमण भएको उल्लेख गर्दै जमुनाह नाकामा दैनिक ५० जनाको स्वास्थ्य परीक्षण भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्