Logo
Logo

कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउन माग आइरहेको छ : गगन थापा


3.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसभित्र पनि नयाँ अनुहारलाई मन्त्री बनाउनका लागि माग उठिरहेको बताएका छन् । सोमबार बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् ।

Gagan-Thapa

पार्टीमा औपचारिक रूपमा मन्त्रिपरिषद् हेरफेरको विषयमा छलफल भएको भन्दै उनले भने, ‘नेपाली कांग्रेसको कुनै पनि बैठकमा यो विषयहरूको बारेमा कुनै छलफलहरू भएको छैन । यद्यपि पार्टीको केही नयाँ सांसदहरू जसले मन्त्री बनेर काम गर्ने अनुभव गर्न पाउनुभएको छैन । निर्वाचित भएर आउनुभएका केही नयाँ साथीहरूले यत्रो नेपाली कांग्रेसको सरकार हुँदै पनि केही नयाँ साथीहरूले मौका पाएको भए केही नयाँ कुराहरू सिक्ने मौका हुन्थ्यो । भविष्यका निम्ति आफूलाई नयाँ जिम्मेवारीलाई तयार गर्न सकिन्थ्यो भन्ने कुरा थुप्रै सांसदहरूको कुरा छ । खासगरी नयाँ सांसदहरूको ।’

उनल थपे– ‘नेपाली कांग्रेसमा एकल सरकार बने पनि एउटै अनुहारहरूले मन्त्री हुने । गठबन्धन सरकारमा पनि तिनै मन्त्री हुने यस्तो हुने हो भने त भोलि गएर निर्वाचन जित्दै गर्दाखेरी पनि मन्त्री को हुने भन्ने बारेमा अहिले अनुमान लगाउन सकियो । केही नयाँ साथीहरू आउलान् । नयाँ कामहरू गर्लान् । उनीहरूले पनि आफ्नो परफर्म गर्ने मौकाको पनि त खोजी पनि हो भन्ने हिसाबले यहाँभित्र धेरै ठूलो साथीहरूको कुरा छ हामीलाई भनिराख्नु भएको छ । अहिलेसम्म औपचारिक रूपमा छलफल भएको छैन ।’

अहिलेसम्म मन्त्री नभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग पार्टीभित्र कुरा उठेको उनले बताए । उनले भने, ‘अहिलेसम्म मन्त्री नहुनुभएका केही साथीहरूलाई आफ्नो काम देखाउने मौका पाउनुपर्छ भन्ने व्यापक रूपमा माग छ । त्यसलाई त्यहाँ पुर्याउने काम हुन्छ । थोरै समय भएकोले गर्दा गर्ने कि नगर्ने भन्नेकुरा धेरै हदसम्म चाहिँ दलको नेता भएकोले गर्दा उहाँले के चाहनुहुन्छ भन्ने कुरामा भर पर्छ ।’

प्रतिक्रिया दिनुहोस्