
काठमाडौं । धनुषामा एक सातादेखि हराइरहेका एक बालक मृत अवस्थामा भेटिएका छन् । १७ जेठदेखि हराइरहेका ६ बर्षीय बालक राँकी बरही जनकपुरधाम उपमहानगरपालिका २२ बसहियास्थित दूधमती नदी छेउमा मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कर्यालय धनुषाका प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीका अनुसार बालकको शव सडेको अवस्थामा फेला परेको हो । ‘शव ३० प्रतिशत जति सडेको अवस्था छ’ उनले भने, ‘बाँकी अनुसन्धान गरिरहेका छौं ।’
मृत बालकको शवलाई पोष्टमार्टमका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ । सर्लाहीको कविलासी नगरपालिका ७ घर भएका घुमन्ते समुदायका बालकको परिवार केही दिनयता जनकपुरधाम उपमहानगरपालिका–८ मा त्रिपाल टाँगेर बस्दै आएको थियो ।











