Logo
Logo

एमालेले बोलायो संसदीय दलको बैठक


315
Shares

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमाले पार्टी कार्यालय च्यसलमा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निर्वाचित सांसदहरूलाई विशेष निर्देशन दिनेछन् । 

The current image has no alternative text. The file name is: umla-2.jpg

नेकपा एमालेले संसद् अधिवेशन सुरु हुनुअघि र समाप्त भएपछि दलको बैठक बोलाएर अधिवेशन अवधिभरमा भएगरेका कामकारबाहीबारे समीक्षा गर्दै आएको छ । 

आजको बैठकमा गएको संसद् अधिवेशनमा पार्टीका तर्फबाट खेलेको भूमिकाको समीक्षाका साथै आगामी दिनमा सांसद र पार्टी नेताले खेल्नुपर्ने भूमिकाबारे ओलीले विशेष निर्देशन दिने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्